October 19, 2017

गुण्डा नाईके दावा लामामाथि गोली प्रहार

काठमाण्डौ, २९ चैत्र । काठमाडौंको गौरीघाटमा गुण्डा नाईके दावा लामामाथि गोली प्रहार भएको छ ।

गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउसमा लामामाथि गोली प्रहार भएको हो ।
लामालाई तीन वटा गोली लागेकाे छ । लामाकाे अहिले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेकाेछ ।  महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीले घटनाको अनुसन्धान भइरहेको बताएका छन ।

प्रत्यक्षदर्शीका अनुसार पैदल आएका मास्कधारीले लामालाई गोली प्रहार गरेकाे थियो । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको बताएको छ ।