October 23, 2017

गुजरातविरुद्ध सनराईज ९ विकेटले विजयी, हारसँगै गुजरात तालिकाको पुछारमा

काठमाण्डौ, २७ चैत्र । इन्डियन प्रिमियर लिग (आईपिएल) को छैटौं खेलमा सनराईज हैदराबादले गुजरात लायन्समाथि ९ विकेटको जीत दर्ता गरेको छ ।

टस हारेर ब्याटिङ्को निम्ताे पाएको गुजरातले २० ओभरमा जम्मा १ सय ३५ रन मात्र बनाउन सक्यो । गुजरातलाई कम स्कोरमा रोक्न पहिलो पटक आईपिएल खेलिरहेका अफगानिस्तानी स्पिनर रसिद खानले ३ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले २ र आशिष नेहराले १ विकेट लिए ।

१ सय ३६ रनको लक्ष्य पछ्याएको सनराइजले कप्तान डेविड वार्नरको ७६ र मोइसिस हेनरीक्युजको अर्धशतकको मद्दतमा १५.३ ओभरमा सहज जीत निकालेकाे हाे । जीतसँगै २ खेलबाट ४ अंक बटुल्दै सनराइज तालिकाको शीर्षस्थानमा छ भने गुजरात लायन्स दुईवटै खेल हारेर तालिकाको पुछारमा झरेको छ ।

आईपिएलको सातौं खेलमा अहिले ८ः १५ मा मुम्बई इन्डियन्स र कोलकात्ता नाइट राइडर्स भिड्दैछन् । मुम्बई पहिलो जीत निकाल्न प्रयासरत रहनेछ भने कोलकात्ता दोस्रो जीत दर्ता गर्न चाहन्छ ।