May 23, 2017

गुगलले पुनम पाण्डेको एप्समा रोक लगायाे

काठमाण्डौ, ५ वैशाख । भारतीय हट अभिनेत्री तथा मोडल पुनम पाण्डेले आफ्नो एप्लिकेसनमा गुगलले रोक लगाएको बताएकी छिन् ।

सोमबार लन्च गरिएको उनको एप्समा गुगलले रोक लगाएको हो । उनले ट्विट गर्दै भनिन् , ‘गुगलले मेरो एप्समा रोक लगायो तर एन्ड्रोइड प्रयोगकर्ताहरुले भने सिधै मेरो वेवसाइटबाट डाउनलोड गर्न सक्नेछन् ।’

तर रिपोर्टका अनुसार केही तस्बिर आपत्तिजनक र अश्लिल प्रकृतिका भएका कारण गुगलले पुनमको एप्समा रोक लगाएको हो ।