October 19, 2017

गिर्जाघर आक्रमण पछि , इजिप्टमा संकटकालको घोषणा

काठमाण्डौ,२८ चैत्र । इजिप्टको कप्टिक गिर्जाघरहरुमा लगातार भएका आक्रमणपछि त्यहाँका राष्ट्रपति अब्दुल फताह अल(सीसीले) देशभर तीन महिने संकटकाल लगाएको घोषणा गरेका छन ।

उक्त निर्णयसँगै महत्वपूर्ण संरचनाको सुरक्षाका लागि अब इजिप्टमा प्रहरीसँगै सेना खटिनेछ र सुरक्षा निकायलाई पक्राउ पूर्जी विना गिरफ्तार गर्ने अधिकार हुनेछ ।
आइतबार राजधानी कायरो नजिकै रहेको गिर्जाघरमा भएको पहिलो विस्फोटनमा कम्तीमा २७ जना मारिएका थिए र एलेक्जेण्ड्रियाको एउटा क्याथीड्रलमा गराइएको अर्को विस्फोटनमा कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए ।

पाम सन्डेु भन्ने चाड मनाउन भेला भएका ईसाईहरुलाई लक्षित गरि गराइएका ती विस्फोटनको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ ।