गान्धीवादी पार्टीले पनि निर्वाचनमा भाग लिने

काठमाडौं, १८ फाल्गुन । गान्धीवादी पार्टी नेपालले आगामी निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दोस्रो स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान गर्दै स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

पार्टीका अध्यक्ष लालबहादुर रानाले सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिने बताउँदै भने, ‘हामी निर्वाचनमा भाग लिन्छौँ, सरकारले निर्वाचन घोषणा त गर्यो तर कसरी गर्ने ? सिमा निर्धारण गर्न नसकिएको स्थितिमा चुनाव लड्छौँ भनेर सबैले भनेकै छौँ, कसरी गर्ने त्यो निर्णय सरकारले दिन सकेको छैन, सबै दोधारमा परेको स्थिति छ, सरकारले यो स्थितिबाट तत्काल मुक्त गराउनुपर्छ ।’

अध्यक्ष रानाले अघि थपे, ‘गान्धीवादी पार्टीलाई भारतीय सोच्नु गलत हो, कुनै पनि व्यक्तिका बिचारलाई शिरोपर गर्ने अधिकार सबैलाई छ, हाम्रो पार्टीको भविष्यमा के बन्छ त्यो कुराको अड्कल अहिले नै गर्न मिल्दैन, सानैबाट ठुलो हुने प्राकृतिक प्रक्रिया हो, हामी ठुलो राजनीतिक शक्ति हुनेमा विश्वस्त छौँ ।’

त्यस्तै राष्ट्रिय प्रजातान्त्रीक पार्टीका नेता नीरबहादुर श्रेष्ठले बोल्नेहरू बढि र गरेर देखाउने कम भएको भन्दै गान्धीवादी पार्टीसँग एकता सम्भव रहेको बताए ।