October 18, 2017

गाउँपालिका तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक प्रस्ताव पारित

काठमाण्डौ, २ चैत्र । ‘गाउँपालिका तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा बहुमतले स्वीकृत भएको छ ।

विधेयकका सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद महेश आचार्यले संविधानले गरेको व्यवस्थानुसार गाउँपालिका तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण हुनुपर्नेमा जोड दिँदै नयाँ सोचका साथ स्थानीय तहलाई अधिकार दिने गरी काम हुनुपर्ने बताए ।

नेकपा एमालेका सांसद रेवतीरमण भण्डारीले स्थानीय तह पुनर्संरचना सम्बन्धमा नेपाल राजपत्रमा सूचना प्रकाशन हुनुअघि उक्त विधेयक सदनले पारित गर्नुपथ्र्यो भन्दै विधिको शासनलाई बेवास्ता नगर्न आग्रह गरे । व्यवस्थापिका संसदको अर्को बैठक चैत ६ गत बस्ने छ ।