August 20, 2017

गर्मीयाममा केयुकेले ट्याङ्करबाट पानी आपूर्ति गर्ने

काठमाण्डौ, २२ फाल्गुन । गर्मीयाममा काठमाण्डौ उपत्यकामा हुने खानेपानीको समस्यालाई समाधान गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेए)ले ट्याङ्करबाट आपूर्ति गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा खानेपानीको समस्या बढी भएका २ सय २० स्थानमा पानी वितरण ट्याङ्की राख्न लागिएको केयुकेले बताएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयबा अनुसार ट्याङ्कीमा पाइप फिट गरेर उपभोक्तालाई पानी वितरणको व्यवस्था मिलाइने बताएको छ ।

पानीको आपूर्ति कम हुने स्थानका उपभोक्ता यसबाट लाभान्वित हुने मन्त्रालयको बताएको छ । केयुकेएको ट्याङ्कर शाखामा सम्पर्क गरेर यस्तो सुविधा लिन सक्ने मन्त्रालयले बताएको छ ।

हाल काठमाडौं उपत्यकामा पानीको दैनिक माग करीब ३७ करोड लिटर छ । तर केयुकेएलले मागको करीब १५ प्रतिशत मात्र आपूर्ति गर्न सकेको छ ।