October 19, 2017

गर्मीमा यी ६ तरिकाले आफ्नो मुहारलाई सफा राख्नुहोस्

काठमाण्डौ, २ चैत्र । अब बिस्तारै गर्मी महिना सुरु हुँदैछ । धेरै मानिसहरु आफ्नो शरीरलाई लिएर चिन्तित हुने गर्दछन् । विशेषगरी महिलाहरु आफ्नो मुहारलाई लिएर के के क्रिम प्रयोग गर्ने भनेर सोचिरहेका हुन्छन् ।

गर्मीमा घाम, धुलो आदिको कारणले हाम्रो छालालाई अझ बढि स्याहार र सुरक्षा चाहिन्छ । यदि तपाई थोरै सावधानी अपनाउनु हुन्छ भने तपाईको मुहारमा पुरानै खुशी फर्किन्छ ।

मुहारलाई घाममा ढाकेर हिँड्नु उपयुक्त हुन्छ । विशेषगरी घरबाट बाहिर निस्कँदा खास ध्यान दिनुपर्ने हुन्छ । यसका लागि रुमाल, सानो पछ्यौरा आदिको प्रयोग गर्न सकिन्छ ।

सनस्क्रिन क्रिमको प्रयोग गरेर पनि गर्मीमा घामको नकारात्मक किरण र धुलोधुँवाबाट बच्न सकिन्छ । घरबाट निस्कनु अघि यस्ता क्रिमको प्रयोग गर्न सकिन्छ । पुन घर आइसकेपछि मुख धुन पनि बिर्सन हुँदैन ।

गर्मी महिनामा हरेक दिन मुहारको सफाई गर्नुपर्छ । यसले मुहारलाई शीतलता मिल्छ र तपाईको मुहार स्वच्छ रहिरहन्छ । घरमा नै बसेर आरामसँग गुलाब जलले मुख धुन सकिन्छ ।