गरिबी र बेरोजगारीको अन्त्य एमालेबाट मात्र संभव–झलनाथ खनाल

दाङग, ३० फाल्गुन । नेकपा एमालेको मेची महाकाली अभियान सोमबार दाङग पुगेको छ ।

दाङको लमहीमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा एमालेका पूर्व अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले संविधान कार्यन्वयन र निर्वाचनका माध्यमबाट देशलाई समृद्वि तर्फ लैजान अभियानमा लागेको बताएका छन् ।

उनले अब अधिकारको आन्दोलन होईन देशलाई समृद्विमा लैजाने आर्थिक र विकास क्रान्तिको अगुवाई अनि गरिबी र बेरोजगारीको अन्त्य एमालेबाट मात्र संभव भएको दाबी गरेका छन् । ।

त्यस्तै सभालाई सम्बोधन गर्दै अर्का नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमालले सधै देशलाई समृद्विको बाटोमा लैजान चाहेको भन्दै एमाले भिजन २०२० को दस्तावेज लिएर अघि बढेको बताए ।

एमालेकी वैकल्पीक केन्द्रिय सदस्य शान्ता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य संकर पोख्रेल तथा मधेशी थारु नेता एमाले पोलिटव्यूरो सदस्य नागेन्द्र चौधरी लगायतका नेताले सम्बोधन गरेका थिए थियो ।