October 17, 2017

ओली, दाहाल र देउवाको अतिवादले देशले निकास पाउँदैन, हामी मध्यमार्गी भुमिका खोजीरहेका छौं–गच्छेदार

दिनेश शर्मा

२२ माघ, राजविराज । मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक)का अध्यक्ष विजय कुमार गच्छेदारले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुन नदिने एमाले अध्यक्ष ओलीको भनाई र प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डको कथन दुवै अतिवादी रहेको टिप्पणी गरेका छन् ।

शनिवार विहान राजविराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भने–‘ओली, दाहाल र देउवाको अतिवादले देशले निकास पाउँदैन, हामी मध्येमार्गी भुमिका खोजीरहेका छौं ।

यी दुवै अतिवादी सोचले मुलुकमा राजनितिक निकास निस्कदैन । म मध्यमार्गिको भुमिकामा रहेर दुवै पक्षलाई एक ठाउँमा ल्याउने प्रयासमा रहेको छु ।

मधेश समस्याको विषयमा सहमति निकाल्न मधेशी मोर्चाका नेताहरुसित हामी वारम्वार छलफल गरिरहेका छौ । ‘मधेशी मोर्चाका नेता लगायत प्रधामन्त्री, कांग्रेस र नेकपा एमाले शिर्ष नेतासित मधेशको विषयमा कुराकानी भईरहेको छ, राजनितिक निकासका लागि दुवै पक्षले लचकताका साथ प्रस्तुत हुनुको विकल्प छैन ।

मुलुकको राजनितिक अवस्था अत्यन्त जटिल भईरहेको विषयलाई मध्ये नजर गरी ठुला तिन दल लगायत मोर्चाले समेत लचकताका साथ प्रस्तुत हुनु पर्छ । निर्णायक वार्ता र सहमतिवाटै निकासा खोज्नुपर्छ । हामी प्रधानमन्त्रीले नै ल्याएको संशोधन प्रस्तावमा छलफलका लागि तयार रहेकाछौ । तर संशोधन प्रस्ताव परिमार्जन नगरी पास भए निकास निस्कदैन । अहिलेनै वार्ता र सम्वादवाट सहमति खोजे समाधान निस्कन सक्छ, तर समय घर्किसकेपछि समस्या यो भन्दा पनि जटिल हुने विषयमा गम्भिरता देखाउनु जरुरी छ ।

मधेशी मोर्चा संघियताका विषयमा अझै स्पष्ट छैन । संविधान नमान्ने भन्दै च्यात्ने र जलाउने गर्दै हिडेका मोर्चाका नेताहरु कहिले संसद वहिस्कार त कहिले प्रधानमन्त्रीको उमेदवारलाई भोट हाल्दै हिड्नु दोहोरो चरित्र हो ।

झापा मोरङ्ग सुनसरीलाई २ नंवर प्रदेशमा मिलाउने वा झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा र उदरपुरलाई मिलाएर छुट्टै प्रदेश वनाउने तथा पश्चिमका कैलाली कंचनपुरलाई ५ नम्वर प्रदेशमा मिलाएर संघियताको विषयलाई समाधान गर्न सकिने विषयमा पनि हाम्रो पार्टी खुल्ला छलफल गर्न तयार रहेको उनले वताए ।

सरकार संविधान संशोधन र समस्या समाधान नगरी हावाको भरमा चुनावको हतारमा लागेको छ । यथास्थितीमा सार्थक निर्वाचन सम्भव छैन र यथास्थितीको चुनावमा हामी सहभागि पनि हुदैनौ ।

मधेश टुक्रयाउने विचार सहित आफनो अभियान चलाई रहेका सिके राउतको गतिविधि संविधान विपरीत रहेका कारण राज्यले उनीमाथि कारवाही गर्नु पर्छ । या त सिके राउत जस्ता संविधान विरोधी गतिविधि गर्नेलाई कारवाही गर्नु पर्यो, या संविधानमै त्यस्तो कुरालाई वोल्ने वाक स्वतन्त्रताको ब्यवस्था हुनुप¥यो ।