August 19, 2017

खेलाडी बोकेको बसलाई लक्षित गरि विस्फोटन

काठमाण्डौ,३० चैत्र । जर्मनीमा च्याम्यिन्स लीग फुटबल प्रतियोगिताको टोलीका खेलाडी बोकेको बसलाई लक्षित   गरि विस्फोटन गराईएकाे छ ।

क्वार्टरफाइनल खेलमा सहभागी हुने बोरोसिया डोर्टमुन्ट फुटबलका खेलाडि बोकोको बसलाई लक्षित गरेर विस्फोटन भएको हो । पत्रकार सम्मेलनमा डोर्टमुन्टका प्रहरी प्रमुखले उक्त टोलीलाई निशाना बनाएर हमला भएको बताए ।

उक्त घटनामा खेलाडी मार्क बारट्राको हत्केलाको हड्डी भाँचिएपछि शल्यक्रिया गरिएको छ । घटनामा अन्य कुनै पनि खेलाडी घाइते नभएका प्रहरीले बताएको छ  । राज्यका एक जना अभियोजनकर्ताले घटनास्थलनजिकै एउटा पत्र भेटिएको र छानविनकै अंगका रुपमा त्यसको पनि जाँच भइरहेको बताएका छन । उक्त घटनापछि फुटबल खेल स्थानीय समयअनुसार साँझ पौने ७ बजे ९ दिउँसो पौने ५ बजे जीएमटीसम्मका लागि स्थगित गरिएको छ ।

गम्भीर खालका विस्फोटकको प्रयोग गरी आक्रमण भएको प्रारम्भिक संकेतहरु देखिएको प्रहरीले जनाएको छ ।