May 23, 2017

खेलकुदले नेपाललाई विश्वसामु चिनाएको झलनाथ खनालको भनाई

काठमाण्डौ, ६ चैत्र । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले खेलकुदले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुराएको बताए ।

आइतबार काठमाण्डौमा दोस्रो एशिएन च्याम्पेनसिप बुद्धिचाल प्रतियोगीताको उद्घाटन गर्दै वरिष्ठ नेता खनालले खेलकुदको माध्यमबाट विश्वमा नेपाल चिनिएको बताए ।

नेपालमा पनि बुद्धिचाल खेलको लोकप्रियता बढ्दै गएको भन्दै उनले बुद्धिचाल खेलले दिमागको साथै मनलाई समेत चुस्त दुरुस्त बनाउन मद्दत गर्ने कुरामा जोड दिए ।

प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, भारत, श्रीलंकाका खेलाडीहरुको सहभागीता रहेको छ । प्रतियोगिता चैत्र १४ गतेसम्म संचालन हुनेछ ।