August 19, 2017

खाली पेटमा चिया पिउनु हुन्छ, होसियार

काठमाण्डौ, २७ चैत्र । धेरै मानिसहरुले बिहानीको सुरुवात गर्न चियालाई नै प्राथमिकतामा राख्ने गरेको पाइन्छ ।

अनुसन्धानले ८० प्रतिशत व्यक्तिहरुलाई ओच्छनमा नै चिया चाहिने तथ्याङ्क देखाएको छ । तर यो खराब बानी हो । त्यस्ता व्यक्तिहरु चिया बिना ओच्छ्यानबाट उठ्न सक्दैनन् । यदि तपाईको पनि यस्तो बानी छ भने यो बानीलाई बदल्नुस्, यसले हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्दछ ।

मौसम चाहे गर्मी होस् या जाडो खाली पेटमा चिया पिउनु स्वास्थ्यको लागि हानिकारक हुन्छ । किनकि चियामा चाहिनेभन्दा बढि मात्रामा कैफिन हुन्छ । कैफिनको साथै चियामा थियोफाइलिन र एल थयनिनजस्ता खनिज तत्व हुने गर्दछ । यहाँ के बताउँ भने यी खनिज तत्वको सेवनले शरीरमा धेरै मात्रामा उत्तेजना पैदा हुने गर्दछ ।

धेरै मान्छे के मान्छन् भने खाली पेटमा दूध नहालेको चिया पिउनाले स्वास्थ्य राम्रो हुन्छ र शरीर पनि स्वस्थ हुन्छ तर यो बिल्कुल होइन । यदि तपाईको पनि यही धारणा छ भने यो सरासर गलत हो । यसो गर्दा मोटोपनाको शिकार भइन्छ ।

दूध नहालेको मात्र होइन दूध हालेको चिया पनि स्वास्थ्यको लागि राम्रो मानिन्न । बिहान खाली पेटमा दूध हालेको चियाले मानिसको स्वभावमा आवेगपना र कडापना आउने गर्दछ । यो सँगै खाली पेटमा चिया पिउँदा तपाई चाँडै नै थकाई लागेको महशुस हुन्छ ।

खाली पेटमा चिया पिउँदा तपाईलाई घबराहट र वाकवाकी लाग्नेजस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । यसको साथै खाली पेटमा चिया पिउने बानीले पेटभित्र घाउ, पेटभित्र अल्सर र छालामा पानी जम्नेजस्ता खतरनाक समस्या उत्पन्न हुन्छ । यसर्थ खाली पेटमा चिया पिउनु अघि दुई तीन गिलास पानी र केही हलुका चिज खानु उपयुक्त हुन्छ ।