October 22, 2017

खाना खाने बित्तिकै नगर्नुस् यी कामहरु–

काठमाण्डौ, २६ चैत्र । आजकल व्यस्त जीवनशैलीले गर्दा मानिस यति थाक्छन् कि आफ्नो स्वास्थ्यको ध्यान राख्न सकिरहेका छैनन् । उनीहरु यस्तो काम गरिरहेका छन् कि जसले उनीहरुको स्वास्थ्यमा नराम्रो असर परिरहेको छ ।

आउनुहोस् कुन काम खाना खाने बित्तिकै गर्न हुँदैन त–

हामीमध्ये कतिको खाना खाने बित्तिकै नुहाउने बानी हुनसक्छ । यदि तपाईहरु कसैको यस्तो बानी छ भने यसलाई तुरुन्त छोड्नुपर्ने हुन्छ । खाना खाने बित्तिकै नुहाइयो भने खाना राम्रोसँग पच्न पाउँदैन र पेटमा असर पर्ने गर्दछ । यसको कारण शरीरमा रगतको प्रवाहमा कमि आउने गर्दछ र पाचनतन्त्र कमजोर हुन्छ ।

खाना खाने बित्तिकै आलस्य हुनु स्वभाविक हो तर आलस्य भयो भन्दैमा सुत्न भने हुँदैन । यदि तपाई खाना खाने बित्तिकै सुत्नु भयो भने छातीमा जलन, खाना पच्ने गाह्रो हुने जस्ता समस्याहरु देखिने गर्दछ । यतिमात्र नभएर निद्रा पनि असर पर्न सक्दछ ।

धेरै मानिसहरुलाई खाना खाने बित्तिकै धूम्रपान गर्ने बानी बसेको छ । यसले तपाईको फोक्सोमा मात्र नभई पाचनतन्त्रमा पनि नकारात्मक असर पुर्‍याउने गर्दछ । सक्नुहुन्छ भने धूम्रपान कहिल्यै नगरेको राम्रो यसले क्यान्सर निम्त्याउँछ ।

यदि तपाईको खाना खाने बित्तिकै चिया पिउने शोक छ भने त्यो शोक निकै महङ्गो पर्नसक्छ । भोजनपछि चिया पिसँदा शरीरमा आइरनको मात्रा कमि हुने गर्दछ । जसको कारणले तपाईलाई कमजोरी भएको, चक्कर लाग्नेजस्तो समस्या हुने गर्दछ । साथै तपाईलाई एनिमिया हुने खतरा पनि बढि हुन्छ ।