October 20, 2017

खजुरे बनमा आगलागी १८ घरपरिवार जोखिममा

शिवलाल सुवेदी /गुल्मी १६ बैशाख । गुल्मीको हस्तिचौरमा भिषण आगलागी भएको छ । हस्तिचौर पालुखा खजुरे सामुदायिक बनमा भिषण आगलागी भएको हो ।

आगलागीबाट १८ घरपरिवार रहेको बस्ती समेत जोखिममा रहेका छन । दिउसो १ वजेदेखि खजुरे सामुदायिक बनमा आगलागी भएको हो । आगलागी नियन्त्रण गर्नका लागि स्थानीयवासीहरु जुटिरहेको भएपनि हावाहुरी चलिरहेकाले समस्या भएको स्थानीय सुर्य खत्रीले जानकारी दिए । जिल्लावाट नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली आगलागी क्षेत्रमा उद्दारका लागि कार्य गरिरहेकाे छ ।