August 20, 2017

क्षिक्षामन्त्री भन्छन ‘शैक्षिक क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्छ’

काठमाण्डौ, १६ फाल्गुन । शिक्षामन्त्री धनीराम पौडेलले शैक्षिक क्षेत्रलाई राजनीतिकबाट टाढा राख्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले शिक्षा क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हुने राजनीतिक हस्तक्षेपले समस्या पैदा भईरहेको भन्दै यसको अन्त्य हुनुपर्ने बताए । उनले सार्वजनिक शिक्षाको सुधार र विकासका लागि शिक्षा ऐन बमोजिमको शिक्षा नियमावली आउने उल्लेख गरेका छन् ।

उनले समाजको बिकासका लागि शिक्षा क्षेत्रको बिकास हुनुपर्ने भन्दै शिक्षा क्षेत्रमा सामाजिक लगानी हुनुपर्नेमा जोड दिए ।