August 18, 2017

क्षतिपूर्तिको माग गर्दै जाजरकोटमा प्रदर्शन

दिपेन्द्र शर्मा
जाजरकोट २७ फाल्गुन । जाजरकोटमा भएको बस दुघर्टनाका पीडित र आफन्तले क्षतिपूर्ति सहित उचित राहतको माग गर्दै सदरमुकाममा शुक्रबार प्रदर्शन गरेका छन् ।

जाजरकोट उद्योग वाणिज्य संघको पहलमा पिडितका आफन्त र स्थानीय बासिन्दाले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहतको व्यवस्था , घाइतेको यथासिघ्र उपचारको माग गरेका छन् ।

साथै थोत्रा बस चलाउने , सिन्डिकेट लगाउने यातायात व्यवसायीलाई कारवाही र खारेजीको माग गर्दै प्रदर्शन गरेको उद्योग वाणिज्य संघका सचिव प्रमिला सिंह राठौरले बताइन् ।

प्रदर्शनकारीले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय घेराउ गरी कार्यालय बन्द गराएका छन् ।