October 23, 2017

‘क्विन’ फिल्मका निर्देशक विकासलाई यौन दुर्व्यवहार आरोप

काठमाण्डौ, २४ चैत्र । रिपोर्टका अनुसार, सन् २०१४ को फिल्म ‘क्विन’ का निर्देशक विकास बहाललाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।

उनलाई फ्यानटोम फिल्ममा कार्यरत एक महिला कामदारले त्यस्तो आरोप लगाएकी हुन् । केही महिना अघि गोवामा बहालले आफूमाथि दुर्व्यवहार गरेको महिलाले दाबी गरेकी छिन् ।

फ्यानटोम फिल्म कम्पनीको स्रोत अनुसार, बहालले विगतमा उनीमाथि दुर्व्यवहार गरेको र उक्त महिलाको आरोप अनुरुप घटना बारे अनुसन्धान गर्न लागिएको पनि बताएको छ ।