April 24, 2017

क्रिस गेलको टि–२० मा १० हजार रन

काठमाण्डौ, ५ वैशाख । क्यारेबियन धुरन्धर ब्याट्सम्यान क्रिस गेलले राजकोट सौराष्ट्र क्रिकेट स्टेडियमा गुजरातविरुद्ध भएको खेलमा इतिहास रचेका छन् ।

टि–२० मा १० हजार रन बनाउने ब्याट्सम्यान बन्दै गेलले उक्त रेकर्ड राखेका हुन् । ३७ वर्षीय खेलाडीले गुजरातविरुद्ध ३ रन जोड्दै १० हजार रन पूरा गरेका हुन् । क्रिस गेलले आफ्नो टि–२० करियरमा जम्मा २० टिमबाट सहभागिता जनाएका छन् । ती टिमहरु निम्नानुसार छन्–

१. बारिसाल बुल्स, २. बारिसाल बर्नर्स, ३. चितागाउँ विकिंग्स, ४. ढाका ग्लैडिएटर्स, ५. जमैका, ६. जमैका टलवाह, ७. कराची किंग्स, ८. कोलकात्ता नाइट राइडर्स, ९. लाहौर कलंदर्स, १०. लायन्स ।

११. मैटाबेलेलैंड टस्कर्स, १२. मेलबर्न रेनेगेड्स, १३. पीसीए मास्टर्स ११, १४. रोयल च्यालेन्जर्स बैंग्लोर, १५. समरसेट, १६. स्टैनफोर्ड सुपरस्टार्स, १७. सिड्नी थन्डर, १८. वेस्ट इन्डियन, १९. वेस्ट इन्डिज, २०. बेस्टर्न अष्ट्रेलिया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *