August 22, 2017

क्रिकेटको विकासका लागि स्कुलस्तरबाटै प्रशिक्षण तथा प्रतियोगिता

काठमाण्डौ ५ फाल्गुन । नेक्सस क्रिकेट एकेडेमी (एनसिए) को आयोजनामा नेपाली क्रिकेटको विकासका लागि स्कुलस्तरबाटै प्रशिक्षण तथा प्रतियोगिता आयोजना गर्ने भएको छ ।

रफत सञ्चार क्लवमा बिहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेक्सस् क्रिकेट एकेडेमीले आगामी चैत १५ देखि बैशाख ५ गते सम्म नेक्सस् कप यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट आयोजना हुन लागेको बताएको छ ।

शोभाज स्पोर्टस प्रा.लि.को सहकार्यमा हुन लागेको प्रतियोगिता लिग तथा नकआउटको आधारमा संचालन गरिने छ । आयोजक समितिका संयोजक एवं अध्यक्ष भरत कुमार शाहीले सो प्रतियोगिताका खेलहरु सर्टिफाइड अम्पायरहरुले आईसिसिद्वारा निर्धारित निमयअनुसार संचालन गर्ने बताए ।

हाल देशभर निजी एवं सामुदायिकस्तरबाट सञ्चालित क्रिकेट एकेडेमी तथा क्लवहरुमध्येबाट न्यूनतम ३२ टिमका ४ सय ४८ खेलाडीहरु प्रतियोगितामा सहभागि रहने उनले बताए ।

प्रतियोगितामा पहिलो हुनेलाई रु. १ लाख ५० हजार सहित ट्रफी, दोस्रो हुनेलाई १ लाख सहित रनर अफ ट्रर्फी, त्यस्तै तेस्रो हुनलाई म्यान अफ द सिरिज सहित २० हजार र मेमेन्टो, इर्मजीङ प्लेअरलाई १५ हजारसहित मेमेन्टो, वेस्ट बोलरलाई १० हजारसहित मेमेन्टो, वेस्ट ब्याट्समेनलाई १० हजारसहित मेमेन्टो र म्यान अफ द म्याचलाई मेमेन्टो पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा करिब ५८ लाख रुपैया खर्च हुने जनाएको छ ।