September 23, 2017

क्रान्तिको अभिभारा पुरा भएको छैन्–विप्लव

१ फल्गुण, काठमाण्डौ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले माओवादी क्रान्तिको अभिभारा पुरा नभएको बताएका छन् ।

आइतबार खुल्लामञ्चमा पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चन्दले जनताका लागि लामो समय आन्दोलन गरे पनि क्रान्तिको अभिभारा पुरा हुन नसकेको बताए । उनले राज्य सत्ता सञ्चालनमा बस्ने कसैले पनि देश र जनताको लागि नसोचेको भन्दै स्वदेश र विदेशमा भएका सबै युवाहरु एक भएर लाग्नुपर्ने धारणा व्याक्त गरेको छन् ।
पछिल्लाे राजनीतिक विकृतिको चर्को विरोध गर्दै चन्दले कुनै पार्टीले पनि जनताका लागि नसोचेको आरोप लगाए । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई पटक प्रधानमन्त्री बन्दा समेत देशलाई केही गर्न नसकेको बताए । केही नेताले क्रान्तिलाई धोका दिएपनि आफूहरुले क्रान्तिलाई निरन्तरता दिने उनको भनाई छ ।

चन्द नेतृत्वको माओवादीको काठमाडौमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र रोल्पामा हुनेछ ।