क्रान्तिकारी जिल्ला सदस्यको घाटी रेटेर हत्या

सुरेश भट्ट / कञ्चनपुर २८  साउन ।अखिल क्रान्तिकारीका कञ्चनपुर जिल्ला सदस्यको घाटी रेटेर हत्या भएको छ ।

सिद्धनाथ बिज्ञान क्याम्पस महेन्द्रनगरमा स्नातक  तहमा अध्यन गर्दै आइरहेका २१ बर्षिय डम्मर बहादुर जाग्रीको घाटि रेटेर हत्या भएको हो ।उनी सोही क्याम्पसको छात्रा बास भित्र रहेको क्याटिन समेत सञ्चालन गर्दै आइरहेका थिए ।

घटनाको छानविनको लागि प्रहरीले ३ जनालाइ नियन्त्रणमा लिएको छ भने थप अनुसन्धानका लागि नेपालगंजबाट कुकुरहरु समेत मगाइएको छ । हत्याको बिरोध गर्दै विद्यार्थीहरुले केही समय प्रदर्शन सम्त गरेका थिए ।