October 22, 2017

क्यालिफोर्नियाको प्राथमिक विद्यालयमा गोली चल्दा ३ को मृत्यु, २ घाइते

काठमाण्डौ, २९ चैत्र । अमेरिकामा क्यालिफोर्नियाको सान बर्निडाडोमा रहेको नर्थपाक प्राथमिक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु र अन्य दुईजना घाइते भएको रोयटर्सले बताएको छ ।

पुलिस अधिकारीहरुका अनुसार, कक्षाभित्र नै गोली चलेको हो र यसलाई हत्या–आत्महत्याका रुपमा लिन सकिन्छ । यो घटना घटेसँगै अमेरिकी विद्यालयहरुमा पुनः विद्यार्थीहरुको सुरक्षाको विषयमा प्रश्नहरु तेर्सिएको छ ।

घटना लगत्तै प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई नजिकैको हाई स्कुलमा लगिएको थियो ।