October 18, 2017

क्यान धरासायी हुनुमा प्रमुख दल जिम्मेवार–गिरी

नरेश केसी

भैरहवा, चैत्र १८ । नेपाली क्रिकेटको छाता संगठन क्यान धरासायी हुनुमा दलहरु जिम्मेवार भएको क्रिकेटको उत्थानको लागि दशकौंदेखि सक्रिय धर्मराज गिरीले बताए ।

उनले १९९६ मा राणा र राजाहरुको सोखबाट र्सिजना भएको क्रिकेटमा खेलाडीहरुको राम्रो प्रदर्शनको कारण विदेशबाट जर्सी, ब्याट लगायतको सहयोग आउन थालेपछि दलीय नेता, टोले गुण्डाहरुले आँखा लगाएको आरोप लगाए । सुरुदेखि नै गुण्डा र तिनका भरौटेहरुले स्वच्छ खेललाई प्रदुषित गर्दै जाँदा सम्पूर्ण क्रिकेटलाई नै धमिल्याएको उनको तर्क छ ।

गिरीले खेलाडीलाई तलब समेत नदिनु, नेपाली क्रिकेटलाई उचाइमा पुराउने प्रशिक्षक पुबुदुलाई हटाउनुले नेपाली क्रिकेटमा समस्या र्सिजना भएको बताए । नेपाली क्रिकेटलाई पुनः व्यवस्थित गर्न र राम्रो बनाउन एडभाइजरी बोर्ड सक्रिय भएर विभिन्न काम गर्नुपर्ने समेत सुझाए ।

उनका अनुसार नेपाल क्रिकेट बोर्डको गठन गर्ने, प्रादेशीक संरचना अनुसार क्रिकेट संघको पुनर्गठन गर्नुपर्ने, जिल्ला संघको नविकरण गर्दा क्रिकेटमा समर्पितलाई मात्र समावेश गराउने, क्लबहरुको नविकरण र क्राइट एरिया पुरा गर्नेलाई मात्र दर्ता गर्नुपर्नेमा जोड दिए ।

उनले नेपाली क्रिकेटलाई खेलै नबुझेका मान्छेले धरासायी पारेको भन्दै क्यानका पदाधिकारी तथा सदस्यहरुप्रति आक्रोश समेत प्रकट गर्दै भने ‘अदालतमा मुद्धा पनि हाल्ने अनि बार्गेनिङ्ग गर्न एडभाइजरीमा भाग पनि लिने ?’