August 16, 2017

क्यानडाको बियर कम्पनीले बनायो ट्रम्प चित्राङ्कित ‘फेक न्युज बियर’

काठमाण्डौ, ४ वैशाख । क्यानडाको बियर बनाउने प्रसिद्ध कम्पनी ‘नर्दन मैवरिक’ ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट प्रेरित भएर बियर बनाएको छ ।

जुन बियरलाई ‘फेक न्युज बियर’ को नाम दिइएको छ । उक्त बिक्री भएको बियरबाट ५ प्रतिशत रकम विवादित नीति फिर्ताका लागि अमेरिकालाई सहयोग गर्न छुट्याइने कम्पनीले बताएको छ ।

उक्त बियरको क्यानमा ट्रम्पको फोटोको लेबल पनि लगाइएको छ ।