कोषमा पैसा सकिएपछि महँगोमा ऋण उठाउँदै राष्ट्र बैंक

काठमाण्डौ १ चैत्र । सरकारी खातामा रकम न्यून भएपछि राष्ट्र बैंकले महँगो ब्याजमा ऋण उठाउन थालेको छ। चैत्र १ गते सरकारले वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय निकायमा जाने अनुदानको अन्तिम किस्ता ७५ अर्ब निकासा गर्दैछ।

यस्तो अनुदानको निकासापछि सरकारी खातामा १९ अर्ब मात्र रहनेछ । सरकारले बुधवारसम्म खर्च गर्न सक्ने ९४ अर्ब रहेको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए।

स्थानीय निकायलार्इ अनुदान पठाउन अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलार्इ आदेश दिइसकेको छ। त्यसबाट राज्य कोषमा १९ अर्ब रूपैयाँ बाँकी रहन्छ ।

कोष ज्यादै न्युन भएकाले सरकाले खर्च जोह गर्न ऋण लिन लागिएको हा’ उनले भने, ‘यसका साथै चालु खर्च र परियोजनाका खर्च गर्दैनन्।’ बैकले चैत्र १ देखि २१ गतेसम्म नौ प्रतिशत ब्याजमा दुई अबै रुपैयाँको नागरिक बचतपत्र बिक्रि गर्न लागेको छ। यो खबर अन्नपूर्ण पोष्टमा छ ।