कोलम्बियामा शक्तिशाली पहिरो, २०० भन्दा बढिको मृत्यु

काठमाण्डौ,२०चैत्र दक्षिण पश्चिम कोलम्बियामा शक्तिशाली पहिरो जाँदा कम्तीमा २ सय ६ जनाले ज्यान गुमाएको र थप कयौँ घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।

रातभरिको वर्षापछि पुटुमायो प्रान्तका नदीका किनार क्षेत्र भत्किएका थिए र बाक्लो माटो सहितको पहिरोले घरहरु बगाएको थियो । रेडक्रसले कम्तीमा २२० जना बेपत्ता भएको र अरु २०२ जना घाइते भएको बताएको छ ।

राष्ट्रपति खुवाँ म्यानुएल सान्टोसले घटनास्थलको निरीक्षण गरेका छन । र राष्ट्रिय आपतकालीन स्थिति नियन्त्रणका लागि फौजहरु परिचालन गरिएको बताएका छन् ।
रोयेटर्स ले १,१०० भन्दा बढी सैनिक तथा प्रहरी अधिकारीहरु खोज तथा उद्धारमा सक्रिय रहेको जनाएको छ । एक जना सैनिक अधिकारीले एउटा स्थानीय अस्पताललाई उक्त विपदसँग जुध्न हम्मे हम्मे परिरहेको बताए । करिब ८० प्रतिशत सडक क्षेत्रमा आवतजावत गर्न समस्या रहेको र पुलहरु पहिरोले बगाएको छ ।