October 18, 2017

कोलम्बियाको विनाशकारी बाढी पहिरोमा परी मर्ने बालबालिकाको संख्या ४४

काठमाण्डौ, २१ चैत्र । कोलम्बियाको दक्षिण पश्चिमी पुटुमायो क्षेत्रमा गएको बाढी पहिरोमा मृत्यु हुनेको अधिकांश बालबालिका रहेका छन् । राष्ट्रपति जुआन म्यानुल सान्तोसले विनाशकारी बाढी पहिरोमा परी ४४ भन्दा बालबालिकाको मृत्यु भएको बताएका हुन् ।

स्थानीय संचार माध्यमले घटनामा ३ सय भन्दा बढीको मृत्यु भएको जनाए पनि रेडक्रसले भने दुई सय भन्दा बढीको मृत्यु भएको जनाएको छ । मृत्यु भएका मध्ये १ सय ७० जनाको सनाखत भैसकेको राष्ट्रपति सान्तोसले बताए ।

भारी बर्षा र पहिरोका कारण दर्जनौ घर पुरिएका छन् भने सयौं घरवारविहीन भएका छन् । उद्धारको निम्ति सो क्षेत्रमा एक हजार भन्दा बढी सेना परिचालन गरिएको छ । राष्ट्रपति सान्तोसले अन्तिम व्यक्ति रहँदासम्म पनि उद्दार कार्य जारी रहने बताए ।