September 25, 2017

कोरिया सरकारले ठुलो संख्यामा कामदार लिने

काठमाण्डौ, १६ फाल्गुन । कोरिया सरकारले सन् २०१८ का लागि १० हजार २ सय नेपाली कामदार लिने भएको छ ।

गत वर्षको लटसम्म ४३ हजार भन्दा बढी नेपाली कोरिया गइसकेको छन ।
आठौ लटमा कोरिया सरकारले १० हजार बढी कामदार लाने गरी ईपिएस परीक्षाको तयारी थाल्ने भएको छ ।

कोरियाले सन् २०१८ मा ६ हजार २ सय कृषि क्षेत्रका लागि र चार हजार उत्पादनमुलक क्षेत्रमा लैजाने गरी परीक्षा लिने गरि इपिएस भषाको तयारी गरिरहेको ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।

यसका लागि अब फागुन २४ गते सूचना प्रकाशन हुने उनले बताए । परीक्षामा सामेल हुनेले अनलाइन प्रणालीबाटै फारम भर्न पाउने खतिवडाल बताए । फारम भने चैत ९ देखि १८ गतेसम्म भर्न पाउने छन् । अनलाइन फारम भर्ने व्यवस्थाले रातभर लाइन बस्नु समस्याको पनि समाधान हुने उनको भनाइ छ ।

परीक्षा भने जेठको अन्तिम सातामा हुने ईपीएस शाखाले जनाएको छ । फारम भर्नका लागि तोकिएको बैंकमा आवेदन शुल्क बुझाएको कोड राखेपछि मात्रै अनलाइन फारम समायोजन गर्न पाइने उनले बताए । कोरिया सरकारले दोस्रो पटक धेरै संख्यामा कामदार लाने तयारी गरेको हो ।

यसअघि सन् २०११ मा करिब ११ हजार भन्दा नेपाली कामदार कोरिया पुगेको थिए ।