October 24, 2017

कोरिया भाषा परिक्षा दिन ७५ हजारको आवेदन

काठमाण्डौ,२० चैत्र । रोजगार अनुमति प्रणली (इपिएस) मार्फत रोजगारिका लागि दक्षिण कोरिया जान तोकिएको कोटाभन्दा ३ गुणा बढि आवेदन परेको छ ।

१० हजार २ सय कोटामा ७५ हजार ६ सयको आवेदन परेपछि प्र्रत्येक सातजनामध्ये एक जनाले मौका पाउने भएका छन । सन २०१८ मा कोरिया जानका लागि बैदेशिक रोजगार विभाग अन्र्तगतको कोरिया शाखाले मागेको आठौं भाषा परिक्षाको दरखास्तमा अनुमान गरिएभन्दा बढि युवायुवतीले निवेदन दिएका हुन ।

कोरियाले तोकेको १० हजार २ सय कोटामा तोकिएको अन्तिम मिति शुक्रबार राति १२ बजेसम्म ७५हजार ६ सय सात जनाले दरखास्त फारम भरेको शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारि दिए ।

जसमा कृषि र पशुपालनमा दरखास्त दिनेको संख्या ५२ हजार २ सय २ तथा उत्पादनमूलक क्षेत्रका लागि २४ हजार तीन सय ८८ छन । परिक्षा आउँदो जेठ २७ र२८ गते काठमाण्डौ मा हुने छ । यो खबर आजको नागरिक दैनिकमा छ ।