कोरियामा महिलाको तलब पुरुषको भन्दा दुई तिहाइ कम

काठमाण्डौ,२९ चैत्र । दक्षिण कोरियाका १० ठूला व्यवसायिक समूह र आबद्ध कम्पनीले भुक्तानी  गर्ने बार्षिक तलबमा पुरुषभन्दा महिलाको दुई तिहाइले कम देखिएको छ ।

चेबल डटकमका अनुसार गत बर्ष महिला कामदारले ५ करोड ४२ लाख २० हजार वन बुझेका थिए । यो पुरुष समकक्षीको तुलनामा ६१.८ प्रतिशतले कम हो ।

महिलाको यो आम्दानी औसत पुरुषको ८ करोड ७५ लाख ७० हजारको दाँजोमा ६१.८ प्रतिशतले कम हो । यो खबर आजको कारोबारमा छ ।