कैलाली जिल्लामा माओवादी केन्द्रका मेयर पदका प्रत्याशीकाे घरमा बम विस्फोट

कैलाली, ९ असार । कैलाली जिल्लाको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर पदका प्रत्याशी गोकर्ण भट्टको घरमा शुक्रबार विहान सुतली बम  विस्फोट भएको छ ।

अत्तरिया बजारमा रहेको भट्टको घर परिसरमा विहान पौने ३ बजेको समयमा भएको  बम बिस्फोट बाट घरका झ्यालका सिसा फुटेको र ढोकामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

उक्त घटना कस्ले गराएका भन्ने एकीन हुन सकेकाे छैन । घटना गराउने समूहको खोजी भइरहेको बुढाले बताए । भट्ट नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता एवम् ७ नं प्रदेश प्रमुख लेखराज भट्टका भाइ हुनु ।