Breaking News

कैलाली क्षेत्र नम्बर ५ मा एमालेका नारदमुनि राना जित नजिक

कैलाली, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ५ काे प्रतिनिधीसधा सदस्यमा वाम गठबन्धनबाट एमालेका नारदमुनि राना  जितकाे नजिक पुगेका छन् ।

उनले २५ हजार २ सय ३६ मतसहित अग्रता लिरहेका छन् भने प्रधानमन्त्री पत्नी कांग्रेस उम्मेद्वार डा. आरजु राणा २१ हजार १ सय ४८ मतसहित पछ्याइ रहेकी छन् । राना ४ हजार ८८ मतले अगाडी रहेका छन् ।

राजपाका लक्ष्मण चौधरीले ६ हजार ४ सय ६४ मत पाएका छन् । यस्तै विवेकशिल साझाका दिनेशराज भण्डारीका २ हजार ६ सय ४० मत  रहेका छ  ।

साे क्षेत्रमा जम्मा ६१ हजार ९ सय ३४मत खसेकाे थियाे । जस मध्ये ५८ हजार ८ सय ७९ मत गणना भैसकेकाे छ । अब साे क्षेत्र ३ हजार ५५ मत गणना हुन बाकी रहेकाे छ ।

shares