August 17, 2017

कैदी भागेपछि दुई प्रहरी हिरासतमा

अमर काफ्ले/ इनरुवा, १४ चैत्र । लागु औषध ओसार पसार मुद्धाका अभियुक्त फरार भएपछि सुनसरी प्रहरीले दुई प्रहरीलाई हिरासतमा लिएको छ ।

लागु औषध कारोबारको अभियोगमा प्रक्राउ परेका बेलबारीका विरेन्द्र खत्री म्याद थपका क्रममा सरकारी वकिल कार्यालय इनरुवा परिषर बाटै फरार भएपछि प्रहरी जवानहरु लोकबहादुर महत र जीवन श्रेष्ठ कार्वाहीमा परेका हुन् ।

उनिहरु विरुद्ध थुनुवा भागे भगाएको अभियोगमा मुद्धा दर्ता गरी हिरासतमा राखेर कार्वाही अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानको टोलीले खत्रीलाई म्याद थप र बयानका लागि इनरुवा स्थित सरकारी वकिल कार्यालय पुर्याएको थियो ।

खत्रीसँगै रहेका प्रहरीले हतकडी खोले लगत्तै कार्यालयको कोठाबाट बाहिर निस्केका खत्री ढोकाको चुकुल लगाएर भागेका थिए ।