October 22, 2017

के सँग के खाने, के नखाने !

काठमाण्डौ, १५ फाल्गुन ।  मध्ये कतिपय खानाको ज्यादै पारखी छौं । खाँदैं गर्दा हामी के हुन्छ र के हुँदैन बिर्सिन्छौं र समस्यामा पर्दछौं । के खानासंग के खानु हुन्छ र के खानु हुदैन आउनुस् चर्चा गरौं ।

कहिले पनि चियासँगै नुनिलो कुरा नखानुहोस् । दूध र नुनिलो चिजको एकैसाथ प्रयोग गर्दा सेतो दाग र छालासम्बन्धी समस्या उत्पन्न हुन सक्छ ।

दहीसँग खरबुजा, पनीर, दूध र दूधका परिकार नलिनु लाभदायी हुन्छ । चिसो पानीसँगै घिउ, तेल, बदाम लिनु हुँदैन । घिउसँगै उत्तिकै मात्रामा मह सेवन जहर बराबर हुन्छ । त्यसैगरी खरबुजासँग दूध, दही, लसुन र मुला खानहुँदैन । तरबुजासँगै पुदिना र चिसो पानी लिनु हुँदैन ।

के के सँगै खाँदा अमृतसरह हुन्छ

खरबुजासँग चीनी, गाजरसँग मेथीको साग, तरबुजासँग चीनी खान हुन्छ । आपसँगै गाईको दूध खान हुन्छ । मुला र मुलाको पात, खजुरसँग दूध पनि सँगै खान हुन्छ । चामलसँग दही र चामलसँग नरिवल खान हुन्छ ।

तर खान हुन्छ भन्दैमा त्यसको सीमा नाघ्नु हुँदैन । यसबारे पनि बुझ्नु जरुरी हुन्छ । समग्रमा सन्तुलित आहार नै स्वस्थ जीवनको कारक हो । खाँदाखेरी त्यसको मात्रा हेरेर मात्र खाने बानी बसाल्नु पर्छ ।

अनि मात्र हामी आहारको संसारमा स्वस्थ भएर रमाउन सक्छौं । किनकि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिई सचेत हुनु नै विवेकशील मानिसको पहिचान हो ।