के बाट बन्छ अमेरिकाको नोट, तपाईलाई थाहा छ ?

काठमाण्डौ, २३ फाल्गुन । हामी मध्ये धेरैलाई थाहा छ कि नोटहरु कागजबाट नै बन्ने गर्दछन् । तर तपाई यो सोच्दैहुनुहुन्छ भने तपाई गलत हुनुहुन्छ ।

किनकि सबै देशको नोट कागजबाट बन्दैनन् । हो, विश्वकै शक्तिशाली राष्ट्रको रुपमा गनिने अमेरिकाको कुरा गर्दैछौं हामी ।

विश्वमा धेरै देशका नोटहरु साधारण कागजको नै बन्ने गर्दछन् । यसका साथै किताब र पत्रपत्रिका पनि कागजबाट नै बन्ने गर्दछन् ।

अमेरिकाको मुद्रा विशेष कागजमा छापिने गर्दछ । जुन कागज ७५ प्रतिशत कटन र २५ प्रतिशत लिननबाट बन्छ । यो मिश्रित कागजमा फाइबर बुना हुन्छ, जुन नोटको विशेष सुरक्षाको लागि प्रयोग गरिएको हो ।