June 27, 2017

के तपाई पनि पिसाब रोकेर राख्नुहुन्छ ? हुनसक्छ यी ५ हानीहरु

काठमाण्डौ, २२ फाल्गुन । धेरै मानिसहरु विभिन्न कारणले गर्दा पिसाब रोकेर राख्ने गर्दछन् । बसमा यात्रा गर्दा होस् वा व्यस्तताले गर्दा धेरै मानिसले पिसाब रोक्ने गर्दछन् । तर २ वा ३ घण्टासम्म पिसाब रोक्दा ठूलै समस्या देखिन सक्छ ।

आउनुहोस् यसका ६ हानीबारे चर्चा गरौं –

१. पिसाबमा यूरिया र अमिनो एसिडजस्ता विषाक्त तत्व हुन्छ । यदि हामी निरन्तर लामो समयसम्म पिसाब रोकेर राख्छौं भने मृगौला पत्थरीको खतरा हुन्छ ।

२. लामो समयसम्म पिसाब रोकेर राख्दा रगतमा ब्याक्टेरिया जम्मा हुन थाल्छ । ब्याक्टेरियाले यूरिनरी ट्रयाक इन्फेक्शनको समस्या उत्पन्न हुन्छ । यसले गर्दा पिसाब पोल्ने जस्ता समस्या देखिन थाल्छ ।

३. लामो समयसम्म पिसाब रोक्दा पिसाब थैली सुन्निन थाल्छ । यसो हुँदा पिसाब गर्दा सहनै नसक्ने गरी दुःख्न थाल्छ ।

४. मृगौलामा दबाब पर्ने एक कारण पिसाब रोक्दा पनि उत्पन्न हुने गर्दछ । यसले गर्दा मृगौला फेलको समस्या समेत झेल्नुपर्ने हुन सक्छ ।

५. लामो समयसम्म पिसाब रोकेर राख्दा रगतमा ब्याक्टेरिया जम्मा हुने गर्दछन् । यसले गर्दा पिसाबको रङ गाढा र गन्हाउने समस्या पनि हुन्छ ।

 

पिसाबको रङ र त्यसको संकेत

गाढा पँहेलो – यस्तो रङ लिभरको समस्या र रगतको मात्रा कम हुनुको संकेत हो । कतिपय अवस्थामा धेरै मात्रामा औषधीको प्रयोग गर्दा पनि पिसाबको रङ पँहेलो हुन जान्छ ।

हल्का रातो – पिसाबको रङ कहिलेकाँहि रातो पनि हुने गर्दछ । यो मलेरिया वा किडनीको खराब हुनेको संकेत हो ।

हल्का सेतो – पिसाबमा ज्यादा मात्रामा ब्याक्टेरिया हुनु, एलर्जी वा मृगौला पत्थरी हुने जस्ता लक्षण यस्तो रङको पिसाबले दिन्छ ।

रातो – यस्तो रङ मृगौला पत्थरी वा ट्युमरको संकेत हो । औषधीको असरले पनि पिसाबको रङ रातो हुन सक्छ ।

यस्ता रोगबाट आत्तिनु भन्दा पनि सबैभन्दा राम्रो विकल्प समयमा नै सम्बन्धित विज्ञसँग उचित सल्लाह लिनु हो । त्यसैले भनिन्छ पनि ‘रोग लागेर उपचार गर्नु भन्दा पनि रोग लाग्न नदिनु नै बुद्धिमता हुन्छ ।’