August 16, 2017

के तपाईलाई थाहा छ सडकमा बनाइएका यस्ता लाइनका अर्थ ?

काठमाण्डौ, २५ चैत्र । तपाईले सडकमा यात्रा गरिरहँदा सडकमा बनाइएका विभिन्न खालका लाइनहरुलाई ध्यान दिनु भएको छ ?

सडकमा पहेँलो र सेतो रङका दुईवटा लाइनहरु बनाइएका हुन्छन् । ती लाइनहरु एउटै वा टुटेका पनि हुन्छन् । यो केवल सडकलाई दुई भागमा बाँड्न मात्र बनाइएको होइन । त्यस्ता लाइनहरुले धेरै अर्थ राखेका हुन्छन् र यो कुरा हर कोहीलाई न थाहा हुनसक्छ । ती लाइनहरु किन बनाइएका हुन् त ? आउनुहोस् यसबारे जानकारी लिऔं–

१. सेतो साइड लाइन

यस्तो लाइनको मतलब तपाई जुन लेनमा चलिरहनु भएको छ त्यही लेनमा रहिराख्नुस् भनेको हो । तपाई त्यो लेनबाट बाहिर जानसक्नुहुन्न वा जान मिल्दैन ।

२. टुटेको सेतो लाइन

सडकमा यस्तो खालको लाइन पनि बनाइने गरिन्छ । यस्तो लाइनको मतलब तपाई अर्काे गाडीलाई संकेत दिएर लेन बदल्न सक्नुहुन्छ ।

३. पहेँलो लाइन

यस्तो खालको लाइनको मतलब तपाई अर्काे गाडीलाई उछिन्न सक्नुहुन्छ तर यो लाइन पार गर्न सक्नुहुन्न । यद्दपि यस्तो लाइनको मतलब राज्य पिच्छे फरक हुने गर्दछ । जस्तै तेलंगनामा तपाई यो पहेँलो लाइनमा रहेर अर्काे गाडीलाई उच्छिन्न सक्नुहुन्न ।

४. दुई साइड पहेँलो लाइन

यस्तो लाइनको मतलब तपाई यी लाइनलाई पार गर्न सक्नुहुन्न ।

५. टुटेको पहेँलो लाइन

सडकमा यस्तो खालको लाइन पनि देखिन्छ । यो लाइनको मतलब तपाई संकेत दिएर मात्र ओभरटेक गर्न सक्नुहुन्छ भनेको हो ।

६. पहेँलो र टुटेको पहेँलो लाइन

यदि तपाई टुटेको पहेँलो लाइन तर्फ गाडी चलाइरहनु भएको छ भने ओभरटेक गर्न सक्नुहुन्छ तर पहेँलो लाइनमा गाडी चलाइराख्नु भएको छ भने ओभरटेक गर्न सक्नुहुन्न ।

अब तपाईले मलाई थाहा थिएन भनेर बाहना बनाउन पाउनुहुन्न । यो नियम तपाईकै सुरक्षाका लागि हो र यसलाई पालना गर्नु तपाईको कर्तव्य पनि हो ।