March 26, 2017

के तपाईलाई थाहा छ फेसनका नराम्रा पक्षहरु ?

काठमाण्डौ, २ चैत्र । हामी आजभोली फेसन र पहिरनलाई लिएर निकै सतर्क हुने गर्दछौं । तर हामी फेसनको पछि लाग्दा यो बिर्सिन्छौं कि कस्ता कस्ता फेसनले हानी गर्दछ भनेर ।

ब्रिटिस काइरोप्रैक्टिस एसोसियशन (बीसीए) को अनुसार धेरै टाइट जिन्स प्यान्ट, हाई हिल र ह्याण्ड ब्यागले विशेषगरी महिलाको शरीरमा असर गर्दछ । जुन ढाड र गर्धन दुःख्ने समस्याको कारण बन्न सक्छ ।

टाइट जिन्सले हाम्रो कार्यशीलतालाई कम गर्ने गर्दछ । यस्तो पाइन्ट लगाउनाले जोर्नीमा असर पुर्‍याउाँदछ र हाम्रो सहन सक्ने प्राकृतिक शक्तिलाई पनि कमजोर बनाउने गर्दछ ।


बीसीएको ठहर छ कि धेरै ठूलो भारी ब्याग महिलाको ढाड र गर्धन दुःख्ने मुख्य कारण बन्छ । महिलाहरु काँधमा ब्याग भिर्ने गर्दछन् जसले गर्दा काँधमा बढि भार पर्ने गर्दछ ।

 

हाई हिल लगाउनु पनि स्वास्थ्यका लागि हानीकारक हुन्छ । हिल्स लगाउँदा खुट्टालाई खास स्थितमा राख्नुपर्ने हुन्छ जसले गर्दा हड्डीमा तनाव पैदा उत्पन्न हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *