के तपाईलाई थाहा छ कन्डमको साइड इफेक्ट्सहरु ?

काठमाण्डौ, २३ चैत्र । कतिपय मान्छेहरुलाई अस्थायी साधन कन्डमले साइडइफेक्ट हुन्छ भनेर थाहा नहुन पनि सक्छ ।

कन्डमले तपाईको सेक्स लाइफलाई मात्र प्रभावित गर्दैन यसले यौन सम्बन्धित बिरामीलाई पनि शिकार गर्नसक्छ । आउनुहोस् कन्डमका साइड इफेक्ट्सबारे जानकारी लिऔं–

एउटा अध्ययनले के देखाएको छ भने, नियमित अर्थात् हप्तामा दुई पटकभन्दा बढि कन्डमको प्रयोग गरियो भने यौनिको आन्तरिक झिलीमा संवेदनशीलता कम हुने गर्दछ ।

जसको कारण स्त्रीहरुको योनिबाट स्खलित हुने प्राकृतिक लुब्रिकेंट वा चिल्लोयुक्त पदार्थ स्खलित हुन छोड्छ र योनिमा सुख्खापना देखिन्छ । जसको कारण यौन सम्पर्क गर्दा पोल्ने र दुःख्ने समस्याहरु देखा पर्ने गर्दछ ।

कन्डमको धेरै प्रयोग गर्नाले यौनिमा घाउ हुने सम्भावना पनि बढि हुन्छ । यदि यौनि दुखेको अवस्थामा यौन सम्पर्क गरियो भने रक्तस्राव पनि हुने सम्भावना बढ्छ । यसका साथै यौनिको प्रतिरक्षा प्रणालीमा पनि नोक्सान पुग्ने गर्दछ ।