October 24, 2017

केरा एक फाईदा अनेक

काठमाण्डौ, २२ चैत्र । केरा स्वास्थ्यका लागि निकै लाभदायक छ । प्रत्येक दिन एउटा केरा खानाले शरीर तन्दुरुस्त हुने गर्दछ । केरामा फाइबरको धेरै मात्रामा स्रोत हुन्छ ।

केरामा थाइमिन, नियासिन र फलिक एसिडको रुपमा भिटामिन ए र बीको मात्रा पर्याप्त मात्रामा हुने गर्दछ । केरालाई ऊर्जाको महत्वपूर्ण स्रोत मानिन्छ । केरामा ६४.३ प्रतिशत पानीको मात्रा हुने गर्दछ । साथै प्रोटिन १.३ प्रतिशत, कार्बोहाइड्रेट २४.७ प्रतिशत र चिल्लोपना ८.३ प्रतिशत हुन्छ ।

केरा खानुका फाईदाहरु–

– केरामा पोटासियम पाइन्छ, जसले ब्लड प्रेशरका बिरामीलाई अति नै फाईदा पुग्दछ
– धेरै मद्यपान गरेर आलस्यपना हटाउन पनि केराको प्रयोग गर्न सकिन्छ
– केराले ब्लड प्रेशरलाई नियन्त्रित राख्दछ
– केराले पाचन प्रक्रियलाई सूचारु गर्दछ
– अन्य बिरामीका लागि पनि केरा फाईदाजनक हुन्छ
– तनावलाई कम गर्न पनि केरा उपयुक्त मानिन्छ

केराका अरु फाईदाहरु–

तौल बढाउनका लागि, गर्भवतीका लागि, बच्चाका लागि पनि केरा अति नै फाईदाजनक हुने गर्दछ ।