July 24, 2017

केन्या विरुद्ध नेपाल ७ विकेटले विजयी

काठमाण्डौ, ३० फाल्गुन । आइसीसी क्रिकेट छनोट खेल अन्तर्गत नेपाल र केन्याबीच सोमबार भएको खेलमा नेपाल ७ विकेटले बिजयी भएको छ ।

केन्याले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३०.२ ओभरमा ३ विकेट गुमाउदै १ सय ५८ रन बनाएको छ ।

नेपाललाई जित दिलाउने क्रममा दिपेन्द्र ऐरीले ६६ बलको सामना गर्दै ६४ बनाएका हुन् । उनले ८ चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ९३ बलको सामना गर्दै ८ चौका एक छक्काको मद्दतमा ६४ रन बनाएका थिए ।

केन्यालाई १ सय ५५ रनमा समेट्ने क्रममा शरद भेषवाकरले ७.१ ओभरमा २८ रन खर्चिदै ४ विकेट लिएका थिए । त्यस्तै मेहबुब आलमले २ र बसन्त रेग्मीले २ र सागर पुन र सन्दीप लामिछानेले समान एक एक विकेट लिएका थिए ।