October 21, 2017

केन्यास‌ँग खेल्न १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

काठमाण्डौ, २२ फाल्गुन । यहि फाल्गुन २८ र ३० गते नेपाल र केन्याबीच हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

आइसीसी प्रतिनिधि र नेपाली छनोट समितिले आइतबार पारस खड्काको कप्तानीमा १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको हो ।

यसै गरी उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेष्वाकर, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, बिनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, महबुब आलम, आरिफ शेख, सुनिल धमला र दिपेन्द्रसिंह ऐरी रहेका छन् ।

सुनिल धमला र दिपेन्द्रसिंह ऐरीले भने पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन । राजेश पुलामी मगर, अभिनास कर्ण, भुवन कार्की र दिलिप नाथलाई वैकल्पिक खेलाडीमा राखिएको छ ।

आइसीसी प्रतिनिधि भेन्काटापथी राजु, नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको तीन सदस्यीय छनोट समितिले चार वैकल्पिकसहित १९ खेलाडीको छनोट गरेको हो ।