October 21, 2017

केन्याको राष्ट्रिय क्रिकेट टोली आज नेपाल आउदै

काठमाण्डौ, २५ फाल्गुन । विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न केन्याको राष्ट्रिय क्रिकेट टोली आज नेपाल आउने भएको छ ।

नेपालसँगको लिग खेल खेल्न केन्याली टोली आज साँझ काठमाडौं आउन लागेको हो । नेपाल र केन्याबीच आगामी शनिबार र सोमबार किर्तिपुर मैदानमा प्रतिस्पर्धा हुँदैछ ।

विश्व क्रिकेट लिग अंक तालिकामा केन्या चार जितसहित पाँचौ स्थानमा छ । नेपाल ३ जित सहित छैंठौं स्थानमा रहेको छ ।