केन्द्रमा आईजीपी र प्रदेशमा एआईजीको प्रस्ताव

काठमाण्डौ,१० वैशाख । प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ ।

मस्यौदामा संघीय प्रहरी (केन्द्रीय  प्रहरी ) को प्रमुखमा प्रहरी महानिरीक्षक (आईजीपी) र प्रदेश प्रहरीको प्रमुखमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राख्ने प्रस्ताव गरिएको छ । गृह मन्त्रालयको एक समितिले शुक्रबार मस्यौदाको टुंगो लगाएको हो ।

आइतबार गृहसचिवलाई ऐनको मस्यौदा बुझाउने तयारी छ । गृहकी सहसचिव निर्मला अधिकारी भट्टराई संयोजकत्वको समितिले मस्यौदालाई अन्तिम रूप दिएको हो । यसअघिका विभिन्न कार्यदलले प्रहरीको केन्द्रमा महानिर्देशक तथा प्रदेशमा महानिरीक्षक राख्न सुझाब दिएका थिए ।

त्यसविपरीत उक्त समितिले केन्द्रमा महानिरीक्षक र प्रदेशमा अतिरिक्त महानिरीक्षक राख्न प्रस्ताव अघि बढाएको हो जसप्रति धेरै प्रहरी अधिकारीहरू नै असन्तुष्ट छन् ।यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।