May 23, 2017

कृषिलाई प्राथमिकतामा राखेर नयाँ आर्थिक नीति बनाइने

काठमाण्डौ, ५ वैशाख । सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर नयाँ आर्थिक नीति बनाउने भएको छ ।

संघीय ढाँचा अनुसार आर्थिक नीति बनाउने बिषयमा अर्थमन्त्रालयले मंगलबार काठमाण्डौमा गरेको कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संघीय ढाँचा अनुसार कृषिलाई उच्च प्राथमिकता दिएर नयाँ कार्यक्रम ल्याउने तयारी भएको बताए ।

मन्त्री महराले मुलुकलाई समृद्ध बनाउने संकल्प अनुसार आर्थिक नीति बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । पुरानै ढाँचाको आर्थिक नीतिले मुलुकलाई अघि बढाउन नसकिने बताउँदै महराले तीन वटै तहको निर्वाचन सम्पन्न भएपछि मुलुक आर्थिक समृद्धिको दिशामा केन्द्रित हुने पनि दाबी गरे ।

कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदीले दिगो र फराकिलो आर्थिक वृद्धिका लागि पनि नयाँ आर्थिक नीति तय गर्नु परेको जानकारी दिए ।