October 23, 2017

कुष्ठरोग निवारणका लागी सरकार कटिबद्ध: स्वास्थ्यमन्त्री

काठमाण्डौ २८ फाल्गुन । स्वास्थ्यमन्त्री गगन थापाले कुष्ठरोग निवारणका लागी सरकारले अभियानलाई तिव्रता दिने बताएका छन ।

१९ औं अन्तराष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरका शनिबार काठमाडौमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले यस्तो बताएका हुन ।

कुष्ठरोगका बिरामी तथा कुष्ठरोगको निवारणका लागी दुई जिल्लाका अभियान सुरु भईसकेको भन्दै उनले अन्य बढि प्रभावित १० जिल्लामा पनि स्वास्थ्यकर्मीसहितका अभियान सुरु गर्ने जानकारी दिए ।