कुकुरले भेट्यायो २ लाख ८६ हजार युरो

काठमाण्डौ, २४  फाल्गुन । स्निफर नामको कुकुरले लक्जम्बरको  ट्रेनमा लुकाएर राखिएको २ लाख ८६ हजार युरो भन्दा बढि रकम फेला पारेको छ ।

लक्जम्बर्गको ट्रेनमा उक्त रकम फेला पारिएको सरकारले बताएको छ । सुरुमा ५० हजार युरो फेला परे पनि पछि सामानको झोला उठाएर हेर्दा थप २ लाख ८६ हजार युरो भेटिएको हो ।

प्राप्त रकम जफत गरिएको र दुईजना मानिसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तिनीहरुले १० हजार युरोभन्दा बढी रकम बोकेको सरकारले प्रेस विज्ञप्तिमा जनाएको छ ।

तिनीहरुले किन त्यति धेरै रकम बोकेका हुन्, यो कुरा प्रस्ट भएको छैन । साथै तिनीहरु कहाँबाट आएका हुन् र कहाँसम्म जान लागेका हुन्  यो कुरा पनि खुलेको छैन । बीबीसी