June 28, 2017

किमको हत्यामा उत्तर कोरियाको सँलग्नता हुनसक्ने दक्षिण कोरियाको भनाइ

काठमाण्डौं, ४ फाल्गुन । दक्षिण कोरियाले उत्तर कोरियाका नेता किम जोङ उनका सौतेला भाइको हत्या भएको पुष्टि गर्दै यो घटनामा उत्तर कोरियाको संलग्नता हुनसक्ने आशंका व्यक्त गरेको छ ।
किम जोङ नमको क्वालालाम्पुर बिमानस्थलमा फिल्मी शैलीमा सोमबार हत्या भएको थियो । दुई महिला जासुसले विषालु सुइकोे प्रयोग गरी किमको हत्या गरेको बताइए पनि हत्याको कारण र हत्यामा संलग्न व्यक्तिहरुको पहिचान भने हुन नसकेको एजेन्सीहरुले बताएका छन् ।
घटनाका बारेमा दक्षिण कारियाका कार्यकारी राष्ट्रपति ह्वांग क्यो अहले भनेका छन ‘हत्यामा उत्तर कोरियाको संलग्नता पुष्टि भएमा उसको क्रुरता र अमानवीयता विश्वले थाहा पाउने छ ।’
सोमबार क्वालालाम्पुरबाट मकाउ जाने क्रममा रहेका किमको अनुहार लुगाले छोपेर दुइ जना महिलाले सुइ लगाएका थिए । यी महिलाहरु उत्तर कोरियाली एजेन्ट भएको आंशका गरिएको छ । सुरक्षाका कारण किमले विभिन्न नामको पासपोर्ट प्रयोग गर्दै आएको थाहा भएको छ ।