October 24, 2017

किन मागियो सिलवालसँग अनुशासन उल्लघंनको स्पष्टीकरण ?

काठमाण्डौ,७ वैशाख । प्रहरी प्रधान कार्यालयले अनुशासन उल्लंघन गरेको भन्दै डीआइजी नवराज सिलवालसँग स्पष्टीकरण माग गरेको छ ।

महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा सिलवालसँग स्पष्टीकरण मागिएको जानकारी प्रहरीको उच्च अधिकारीले दिएका छन । ती अधिकारीका अनुसार अर्यालले पद सम्हालेको भोलिपल्ट चैत २९ मा बोलाएको प्रहरी समन्वय समिति (पीसीसीको) बैठकमा सहभागी नभएर सिलवालले प्रहरीको नियम र चेन अफ कमान्ड उल्लंघन गरेकोमा स्पष्टीकरण सोधिएको हो ।

यो खबर आजको कान्तिपुरमा छ ।